भक्तपुरमा आकस्मिक गर्भनिरोधक चक्की खाने किशोरीको संख्या बढ्दो

33

भक्तपुर । भक्तपुर जिल्लामा केही वर्ष यता आकस्मिक गर्भनिरोधक चक्की खाने किशोरीको संख्या बढ्दै गएको औषधी व्यवसायीहरु बताउँछन् । पर्यटकीय क्षेत्र र राजमार्ग समेत रहेको यो जिल्लामा गर्भनिरोधक चक्की खाने किशोरीको संख्या वृद्धि भएको देखिन्छ । घुमघाम गर्ने र रमाइलो गर्ने वहानामा घरबाट निस्केकाहरुले असुरक्षित यौन सम्पर्क गरेपछि यस्ता औषधी प्रयोग गर्ने गरेका छन् ।

भक्तपुर कमलविनायकमा रहेको एक औषधी व्यवसायी आफ्नो नाम उल्लेख नर्गर्ने सर्तमा भन्नुहुन्छ कोही त १८ वर्षपनि नपुगेकापनि यस्तो औषधी किन्न आउँछन् । अरुकोबाट कति बिक्रि हुन्छ थाहा भएन मेरो स.पसलबाट दैनिक ५÷७ वटा बिक्रि हुन्छ, उहाँले भन्नु भयो । यो जाडोमा कम र गर्मीमा धेरै माग हुने गरेको उहाँ बताउनु हुन्छ । गर्मीमा दैनिक १०÷१२सम्म बिक्रि हुने गरेको छ ।

भक्तपुरको सल्लाघारी क्षेत्रमा मेडिकल चलाउदैं आउनुभएका अर्का औषधी व्यवसायीका अनुसार उमेर नपुगेका किशोरी आकस्मिक गर्भनिरोधक चक्की किन्न आउने सामान्य जस्तो हुन थालेको बताउनु हुन्छ । उमेर नपुगी यस्तो किन्न आउने हो भनेर फर्काउने गरेको भएपनि किशोरीहरु तपाईको मात्रै पसल छ र भन्दै अन्यत्र जानेको समेत उहाँ बताउनु हुन्छ ।
मुल्य रु ८० पर्ने यस्तो औषधीको सरलता भएसंगै मकै खाए सरह प्रगोग हुन थालेको धेरै औषधी व्यवसायीहरुको भनाई छ । एउटाले गाली गरेर नदिएर के गर्नु अर्कोले दिन्छ, यसको चेतना राज्यस्तर बाट नै फैलाउनु पर्ने उहाँहरुको भनाई छ ।

स्वास्थ्यमा गम्भीर असर

आकस्मिक गर्भनिरोधक चक्कीको जथाभावी प्रयोग स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । चिकित्सकको सल्लाह र परामर्श बिना सेवन गरिएको पिल्सले स्वास्थ्यमा विभिन्न असर गर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु बताउँछन् । असुरक्षित यौन सम्पर्कपछि बच्चा बस्न नदिन ७२ घण्टाभित्र खाएपनि यो पूर्ण रुपमा विश्वसनीय नभएको चिकित्सको भनाई छ ।
सन्तान भइसकेका र उमेर पुगिसकेका महिला र किशोरीमा हुने असर फरक हुन्छ । महिनावारी अनियमित हुने, पेट दुख्ने, रगत बग्ने समस्या हुनुका साथै ओभुलेटरी काममा असर पुग्यो भने बाँझोपनदेखि ब्लिडिङ डिसअर्डरको समस्या हुन्छ । यस्ता औषधी वर्षको एक वा दुई पटकभन्दा बढी खान मिल्दैन । नेपालमा २५ वर्ष मुनिका अविवाहित धेरै किशोरी तथा महिलाहरु समस्या लिएर आउँने गरेको चिकित्सकहरुको भनाई छ ।

डाक्टरको सूझावः
आकस्मिक गर्भनिरोधक चक्कीको जथाभावी बिक्रि वितरण गर्न दिनु हुँदैन राज्यले निश्चित नियम बनाउनुपर्छ । अन्य औषधी जस्तै यो पनि चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण गर्ने वातारण बन्न दिनु हुँदैन ।
विद्यालय तह देखिनै यस्ता गलत कार्यबारेमा विद्यार्थीहरुमा चेतना फैलाउनु पर्ने आवश्यकता देखिएको छ ।