एमालेलाई भक्तपुरमा पहिलो पार्टी बनाउँछौंः अध्यक्ष देउजा

219

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाले पार्टीलाई भक्तपुरममा २०७४ सालकै अवस्थामा ल्याउने घोषणा गर्नु भएको छ । विहिबार पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको नव निर्वाचिन कमिटिको समथ ग्रहण कार्यक्रममा आफ्नो प्रतिवद्धता राख्दै उहाँले भन्नु भयो ‘विगतका कमिकमजोरी भुलेर हामी एक हुनुको विकल्प छैन ।’

पार्टीभित्र भएका कमि कमजोरीलाई सामाजिक संजालमा पोख्नेहरु विरुद्ध पार्टीले शसक्त कारवाही गर्ने चेतावनी समेत अध्यक्ष देउजाले दिनुभएको छ । ‘अधिवेशन भनेपछि नेतृत्वकोलागि सामान्य रस्साकस्सी हुनु स्वभाविक हो तर, त्यो भूलेर अब हामी सबै पार्टी निर्माणमा लाग्नु पर्ने बेला आएको छ,’ अध्यक्ष देउजाले भन्नु भयो ।

२०७९ सालको निर्वाचनमा गठबन्धन र पार्टीभित्र कै केही कमजोरीले पार्टीले सोचजस्तो परिणामा ल्याउन नसकेको भन्दै उहाँले अब मिसन २०८४मा पार्टी जिल्लामा पहिलो हुने दाबी गर्नु भयो । नव निर्वाचिन कमिटीलाई बधाई दिदैं एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, केन्द्रिय सदस्य निर्मल भट्टराई, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, निर्वतमान सचिव तथा अध्यक्षमा पराजित मोहनवीर श्रेष्ठलगायतले पार्टी जिल्लामा पहिलो शक्ति हुन सबै एक हुनु पर्ने विचार व्यक्त गर्नु भयो ।

एमाले भक्तपुर जिल्ला कमिटीको नवौं अधिवेशनबाट १०५ जनाको जिल्ला कमिटी निर्वाचित भएर आएको छ । जसमा उपाध्यक्ष किरण थापा, सचिव विष्णु तामाङ्ग, सहसचिवद्धयमा सानुकाजी कायस्थ र उत्तरा नेपाल हुनुहुन्छ । लेखा कमिटीको अध्यक्षमा राजकुमार लामिछाने ‘प्रीन्स’ निर्वाचित हुनु भएको छ ।