नाल्दुम कांग्रेसका अग्रज नेता श्रेष्ठको निधन

100

काभ्रे । नेपाली कांग्रेस मण्डनदेउपुर नगरपालिकाका अग्रज नेता धर्मभक्त श्रेष्ठको निधन भएको छ । साविक बालुवापाटी देउपुर (नाल्दुम) गाविसका कांग्रेसका नेता श्रेष्ठको ८२ वर्ष उमेरमा हिजो विहिबार निधन भएको हो । उहाँ श्वासप्रश्वास रोगबाट पीडित हुनुहुन्थयो । उपचारको क्रममा निधन भएको कांग्रेसका नेताले जानकारी दिनुभएको छ । श्रेष्ठले वि.स २०४३ सालमा प्रधानपञ्चको निर्वाचन जित्नु भएको थियो । हाल मण्डनदेउपुर २ नगरकोटमा बसोबास गर्दै आउनु भएका उहाँ एक राजनीतिकर्मी र समाजसेवी समेत हुनुहुन्थ्यो । उहाँले नगरकोट क्षेत्रको पर्यटन विकाशमा समेत महत्वपूर्ण योगदान दिनु भएको स्थानियहरु बताउँछन् ।