चाँगुनारायणको क्वालिटी स्कुलमा एकल नृत्य प्रतियोगिता सम्पन्न

228

भक्तपुर । क्वालिटी इङ्गलिस सेकेण्डरी स्कुलमा एकल नृत्य प्रतियोगीता सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ खरिपाटीमा रहेको यस विद्यालय एकल नृत्य प्रतियोगीता पहिलो सिजन सम्पन्न गरेको हो । यस वर्ष कक्षा जुनियर तर्फ ४ देखि ६ सम्म र सिनियर तर्फ कक्षा ८ देखि ९ सम्म अध्ययनरत छात्रछात्रालाई प्रतियोगीतामा सहभागी भएका थिए । जसमा ३८ जनाले भाग लिएका विद्यालयका प्रार्चाय जीबी खड्काले जानकारी दिनुभयो ।

जुनियर समूह तर्फ कक्षा ५ का अनुसा लामा, कक्षा ५ कै श्रीजु श्रेष्ठ कक्षा ५ का समृद्ध कार्की र कक्षा ५ का सुयोजा खत्रीले क्रमशः प्रथम, द्वितिय, तृतिय र सान्तवना पुरस्कार प्राप्त गर्नु भएको छ ।
त्यसैगरी सिनियर समूह तर्फ कक्षा ८ का स्मिहा वन, कक्षा ७ का कृष्टिना कार्की, कक्षा ९ का रिहाना श्रेष्ठ र कक्षा ७ का एक्सिस प्रसाई क्रमशः प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनु भएको छ ।
यस वर्षबाट शुरुवात गरिएको यस कार्यक्रमलाई अबका दिनमा प्रत्येक वर्ष आयोजना गरिने समेत प्रर्चाय खड्काले बताउनु भयो ।

प्रतियोगीमा मुख्य निर्णायकमा निर्देशक, हाँस्य कलाकार पल्ससा डंगोल चम्सुरी रहुनु भएको थियो । विद्यालयका नृत्य निर्देशक शिक्षक महेश हाडाले संयोजन गर्नुभएको थियो । विद्यालयका सह प्रिन्सिपल राम कुमार नेपालले संचालन गरेको कार्यक्रममा प्रिन्सिस खड्का, निर्णायकद्धय डंगोल र हाडाले विजेता विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गुर्न भएको थियो ।