सरसफाई मजाक र प्रतिशोधको बिषयको होईन: एमाले अध्यक्ष ओली

15

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका लागि बिशेष योजना र नीति आवश्यक रहेको बताउनुभएको छ ।

बिश्व वातावरण दिवसको अवसरमा राष्ट्रका लागि दुई घण्टा अभियानले आज कौशलटारमा आयोजना गरेको बृहत अरनिको राजमार्ग सफाई अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वातावरणीय सफाईका लागि कर्मकाण्डी ढंगले गोष्ठी,सेमिनार र बृक्षारोपण कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो ।
सरसफाई मजाक र प्रतिशोधको बिषयको होईन भन्दै उहाँले यसमा कोही पनि गैरजिम्मेवार ढंगले प्रस्तुत हुन नहुने बताउनुभयो ।
मानवीय भुल र असावधानीले निम्त्याएको वातावरणीय प्रदुषणले खतरनाक भबिष्यको संकेत गरिरहेको बताउँदै उहाँले वातावरणीय सफाइका लागि सामुहिक प्रयासको खाँचो रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा,मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ,नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा,माओवादी केन्द्रका नेता दिलीप प्रजापति , राष्ट्रका लागि दुई घण्टा अभियानका अभियन्ता नरेश रन्जित लगायतले अभियानले प्रकृति र वातावरण संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो ।