Saturday, October 17, 2026
Home अन्तर्राष्ट्रिय लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा

लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा

45

लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिसमक्ष बुझाएका हुन् जसलाई राष्ट्रपतिले स्वीकृत गरेकी छिन्। मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ। यस चुनावमा समाजवादी पार्टीले ३७ सिट पाएको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ।