राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित

412

फागुन २५,
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र ७ गतेबाट गर्ने भनेको राष्ट्रिय एकता यात्रा ततकाललाई स्थगित गरेको छ ।
राप्रपाका प्रवक्ता भुवन पाठकले गत फागुन २३ गते सप्तरीमा भएको घटना र त्यसबाट उत्पन्न परिस्थितिलाई दृष्टिगत गरेर पुर्वनिर्धारित राष्ट्रिय एकता यात्रा स्थगित गरेको जनाएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ –‘ हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सदभाव र चुनावको निमित्त अनुकुल वातावरण सृजना गर्नुपर्ने आवश्यकता रहेकोले पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय एकता यात्रा हाललाई स्थागित गर्ने निर्णय गरिएको छ ।’
यसअघि एमालेले फागुन २१ बाट सूरु गरेको मेची–महाकाली अभियान २३ गते भएको सप्तरी घट्नापछि तीन दिनका लागि स्थगित गरेको थियो ।