नयाँ वर्षमा कहाँ जाने घुम्न ?

38

काठमाडौँ । भोली शनिबारबाट नयाँ साल २०८१ सुरु हुदैंछ । –नयाँ वर्ष, नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व हो । नयाँ वर्षलाई मानिसहरुले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन् ।
नयाँ वर्षमा पारिवाका सदस्य तथा साथीसंगीसँग घुम्न गएर रमाइलो गर्ने गर्दछन् । कोही परिवारसँगै बाहिर खाना खाएर मनाउँछन् भने कोही परिवार तथा साथीभाइहरुसँग घुम्न गएर ।

तर गन्तव्य कहाँ त

नगरकोट

काठमाडौँवासीका लागि गन्तव्य हुनसक्छ, नगरकोट। यो ठाँउमा जान लामो यात्रा गर्नु पर्दैन। काठमाडौँबाट जम्मा ३२ किलोमिटर उत्तरपूर्वी बाटो जाँदै नगरकोटको डाँडामा पुग्न सकिन्छ।

नगरकोटमा खान, बस्नको सुविधा छ। प्रयाप्त होटल तथा रिर्सोटहरु छन्। यातायातको पनि सुबिधा रहेको छ। प्राकृतिक सुन्दरता पनि त्यति नै राम्रो छ।

बन्दीपुर
वरपरका क्षेत्रमा मगर संस्कृतिको समेत अवलोकन गर्न पाइन्छ। हिमश्रृंखलाको दृश्य, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैएिको छ। यो दृश्यले कसको मन नलोभ्याउला र रु मुग्लिङबाट आधा घन्टाको दूरी पार गरेपछि डुमे्रबजार पुगिन्छ। त्यहाँबाट पिप्ले हुँदै बन्दीपुर पुग्न सकिन्छ।

दामन
मकवानपुर जिल्लामा पर्ने दामनमा विशेषगरी हिँउदमा हिँउ खेल्न जाने गरिन्छ। अहिले नयाँ वर्षसँगै गर्मी पनि बढिरहेको छ। नयाँ वर्षमा रमाइलो गर्न पनि गर्मी छल्न पायक पर्ने स्थान हो।

घुम्न आउनेहरुका लागि भनेर नै भ्यूटावर बनाएको छ। सगरमाथा लगायत हिम श्रृंखलाहरुको दृश्य हेर्दै रमाउनुको मज्जा बेग्लै हुन्छ र दामनको विशेषता भनेको यहाँबाट संसारकै १० हिमाल मध्ये ८ वटा हिमाल देख्न सकिन्छ। यस ठाँउमा पुगेपछि प्रकृतिको काखमा भएको अनुभूति हुनेछ।

यस ठाँउमा नेवारी जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर पाउन सकिन्छ । तपाई हामीले आफ्नो समय र बजेट अनुसार घुम्ने स्थानहरुको छनोट गर्न सकिन्छ । भक्तपुरको चाँगुनारायण, रानिकोट, काभ्रेको धुलिखेल, नमोबुद्ध, कुशेश्वर महादेव, सिन्धुलीको गढी, दोलखाको जिरी, कालिन्चोक, पोखरा र आसपासका क्षेत्रहरु, इलाम, मुक्तिनाथ, चितवन, मकवानपुरको इन्द्रसरोवर रमणीय स्थानहरु हुन् ।