कट्टा हान्दिन्छु ! भन्दै एलिना चौहान भोली “आठौं भक्तपुर महोत्सवमा आउने

82

भक्तपुर । यहीँ चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव जारी छ ।

भोलि २८ गते “कट्टा हान्दिन्छु, धोखेबाज बाज हौ तिमी” जस्ता चर्चित गीतकी गायिका एलिना चौहान महोत्सवमा आउने आयोजकले जानकारी दिएको छ । चौहान मात्रै होइन भोलि विश्व नेपाली, टीका प्रसाईं, बिनोद ढकाललगायत थुप्रै कलाकारहरूले भक्तपुर महोत्सवमा आउने छन् ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।

नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए ।

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले भने ।

कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्ने सकिनेछ । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ ।

ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधरणलाई भने रु.७० को टिकट शुल्क रहेको छ ।