Friday, October 2, 2026
Home अर्थ पशुपति विकास कोषमा एक अर्ब नगद सहित ९ किलो सुन

पशुपति विकास कोषमा एक अर्ब नगद सहित ९ किलो सुन

112

जेठ २२,
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र तीन सय १६ किलोग्राम चाँदी छ। कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै कोषमा नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो। कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार कोषको स्वामित्वमा १८ हजार तीन सय ४२ रोपनी जग्गा छ।

कोषले २०१९ सालदेखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो। २०१९ सालभन्दा अघिको विवरण भने कोषले खुलाएको छैन। नगद रकम भने विभिन्न बैंकमा जम्मा गरिएको छ।