एमाले सूर्यविनायक नगर कमिटिको अध्यक्षमा सापकोटा

186

कार्तिक ११,
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रविन्द्र सापकोटा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न अधिबेशनको बन्द सत्रले सापकोटाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बिनय महत, सचिवमा शिवराम राउत, उपसचिवद्वय कमला पोखरेल र श्याम श्रेष्ठ चयन भएका एमाले भक्तपुरका सचिव बासुदेब थापाले जानकारी दिएका छन् ।

भक्तपुरका दुई स्थानीय तह मध्यपुर, भक्तपुर नगरमा भने एमालेको नेतृत्व छानिन बाकि रहेको एमालेले जानकारी दिएको छ ।