Monday, September 21, 2026
Home राजनीति गण्डकीका दुई मन्त्री बर्खास्त

गण्डकीका दुई मन्त्री बर्खास्त

37

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेको मुख्यमन्त्री पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनले दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका छन्। केन्द्रको सत्ता गठबन्धन परिवर्तनपछि यसको असर प्रदेशमा पनि पुगेको छ।