नेकपाको संगठन विभागमा तीन सदस्य थप

106

असोज २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ । यद्यपि, यसले पूर्णता पाउन अझै बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताए ।