Monday, September 28, 2026
Home समाचार भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला

भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला

106
सांकेतिक तस्विर

काठमाडौं : भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटरसहित एकजना मृत फेला परेका छन्। भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ राधेराधेस्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालीका–३ घर भई कोटेश्वर बस्ने २६ वर्षका छत्र थापा खोलाकोबीचमा बा. ८६ प. ९७३० नं. को स्कुटरसहित मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमको लागि के.एम.सी अस्पताल. दुवाकोट लगिएको भक्तपुर प्रहरीले जनाएको छ।