राजेन्द्र महतोलाई चुनौती जनकपुरमा कालो झण्डा देखाइयो

पुस २७,
जनकपुर । नेकपा ओली समूहका युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा कालो झण्डा देखाएको छ । विघठित प्रतिनिधि सभाका सदस्यसमेत रहेका महतोले आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डाको सामना गर्नुपरेको हो । मधेशवादी दल परित्याग गरि नेकपा ओली समूहमा हालै प्रवेश गरेका मुञ्जय राउत नेतृत्वको समूहले महतोलाई विरोधसभामा प्रमुख आतिथिको आसन ग्रहण गर्न जाँदै गर्दा जनकपुरस्थित भानु चोकमा कालो झण्डा देखाएको हो । प्रधानमन्त्री ओलीले असंवैधानिक ढङ्गले संसद विघटन गरेको विरोधमा जनकपुरधाममा जसपाले आयोजना गरेको विरोधसभामा सहभागी हुने क्रमममा नेता महतोलाई प्रधानमन्त्री ओलीका समर्थकले कालो झण्डा देखाएका हुन् ।