भक्तपुर जिल्लास्तरिय फुलकन्ट्याक्ट कराते प्रतियोगीता आयोजना हुदैं, खेलाडी दर्ता हुने सूचना सहित

46

भक्तपुर । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला स्तरिय शिन क्योकिसिन फुलकन्ट्याक्ट कराते २०८० हुने भएको छ । उक्त प्रतियोगीता फागुन १४ गते संचालन हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष दीपक थापाले जानकारी दिएका छन् । जिल्ला खेलकुद विकास समितिले एक सूचना प्रकाशित गर्दै सहभागीताको विभिन्न तौल समुहका खेलाडीहरुलाई आग्रह गरेको छ ।

यस्तो रहेको सूचना हेर्नुहोस्

    सुचना !    सुचना !!        सुचना !!!

भक्तपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा मिति २०८० साल फागुन १४ गते संचालन हुन गैरहेको जिल्ला स्तरिय शिन क्योकिसिन फुलकन्ट्याक्ट कराते २०८० को सहभागीताको लागी तपसिलमा उल्लेखित तौल समुहका खेलाडी सहभागीता गराईदिनु हुन जिल्ला भित्रका डोजो तथा खेलाडी हरुलाई जानकारी गराईन्छ ।

तौल समुह

१. पुरुष ४० के.जि. – ४५ के.जि तौल समुह,

४५ के.जि. – ५० केजि तौल समुह,

५० के.जि. – ५५ के.जि तौल समुह

२. महिला ३५ के.जि. – ४० के.जि तौल समुह,

४० के.जि. – ४५ के.जि तौल समुह,

४५ के.जि. – ५० के.जि तौल समुह

प्रतियोगीता सम्बन्धी नियमहरु

१. सहभागी खेलाडीहरुले कुनै सहभागीता शुल्क तिर्नु पर्ने छैन ।

२. प्रत्येक तौल समुहमा सहभागी डोजोवाट दुई जना सम्म खेलाडी सहभागीता गराउन पाउने छ ।

३. सहभागी हुने खेलाडीहरुले सम्बन्धीत डोजो सिफारिस सहित तोकीएको ढाँचामा फाराम भरी आउनु पर्ने

४. प्रतियोगीताको स्थान मध्यपुर कराते एकेडमिको हलमा हुने छ ।

५. खेलको दौरान खेलाडी घाईते भएमा आयोजकले प्राथमिक उपचार मात्र गरिने छ ।

६. खेलमा कुनै बिवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने छ ।

७. खेलाडी दर्ता मिति २०८० फागुन १३ दिनको १२.०० भित्रमा गर्नु पर्ने छ ।

८. भक्तपुर जिल्ला भन्दा बाहिरको डोजोको खेलाडीहरुले सहभागीता हुन पाउने छैन