Friday, October 2, 2026
Home खेलकुद सन्दीप लामिछाने थप चार दिन हिरासतमा

सन्दीप लामिछाने थप चार दिन हिरासतमा

92

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।