Sunday, September 20, 2026
Home खेलकुद डिएभी स्कुललाई प्रधानसेनापति कप क्रीकेटकाे उपाधि

डिएभी स्कुललाई प्रधानसेनापति कप क्रीकेटकाे उपाधि

8

भक्तपुर । डिएभी स्कुलले प्रधानसेनापति अन्तर स्कुल टी-२० कपकाे उपाधि जितेको छ । सैनिक आवासिय महाविद्यालय सल्लाघारी भक्तपुरको आयोजनामा भएको १७ औ संस्करणको प्रधानसेनापति अन्तर स्कुल टी- २० कपकाे उपाधि जितेको हो । डिएभी स्कुल जाउलाखेलले नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै उपाधी चुमेको छ ।

भक्तपुरमा साेमवार भएकाे फाइनल खेलमा पहिले ब्याटिङ गरेकाे डिएभीले ९ विकेटकाे क्षतिमा १०६ रन बनाएकाे थियाे । १०७ रनकाे लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १३ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र जेड्न सक्याे ।

प्रतियोगितामा डिएभीका तनिश शाह प्लेयर अफ ल फाइनल घाेषणा भए । त्यसैगरी नेपाल प्रहरी स्कुलका पृयान्शु किशाेर राउत वेष्ट प्लेयर घाेषित भई पुरस्कृत भए । उपाधि जितेकाे डिएभीले नगद एक लाखसहित ट्रफि प्राप्त गर्याे । दोश्रो भएको नेपाल पुलिस स्कुलले नगद ५० हजारसहित ट्रफिमा चित्त बुझायाे । 

उपाधि जित्ने टिमलाई प्रमुख अतिथि नेपाली सेनाका बलाधिकृत रथी प्रदिप जंग केसीले शिल्ड, ट्रफि पुरस्कार प्रदान गरेका थिए । समापन समाराेहलाई सम्बाेधन गर्दै बलाधिकृत रथी प्रदिप जंग केसीले यस्ता प्रतियोगिताले खेलाडी जन्माउन सहयाेग पुगेको बताउँदै नेपालमा क्रीकेट खेलकाे विकासका लागि यस्ता प्रतियोगिताले ठुलाे सघाउ पुर्याएकाे बताए ।
नेपालले क्रीकेटबाट अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न सफल भएकाे केशीकाे भनाई थियाे ।साेहि अवसरमा उप विजेता लगायतलाई उपरथि सन्ताेष बल्लभ पाैडेल, सहायकरथी प्रकाश बहादुर चन्दले ट्रफि पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

कार्यक्रममा बाेल्दै सैनिक आवाशिय महाविद्यालयका भक्तपुरका प्रमुख व्यवस्थापन अधिकृत शिव पाैडेलले महाविद्यालयले शैक्षिक गतिविधिसंगै खेलकुद लगायतका अतिरिक्त क्रीयाकलापमा त्यतिकै ध्यान दिइएको जनकारी दिए । प्रमुख पाैडेलका अनुसार, ११ विद्यालयका १२ टिमकाे सहभागिता रहेकाे प्रतियोगिता दस दिनसम्म चलेको थियाे ।