-विदुर प्रसाद तिमल्सिना
बा ! लडाउनु पर्यो
होस गुमाए बा ! मोराहरूलाई सम्झाउनु पर्यो
बा ! बिगारे घर ल्वाँठलाई झकझकाउनु पर्यो ।
दन्काए बा ! सबै ठाउँहरूमा विभाजनको आगो
सन्काहा ती बज्रस्वाँठहरूलाई फकाउनु पर्यो ।।
खडेरी परेको देखिन्छ नीति अनि नैतिकतामा
अविवेकी स्वाँठहरूलाई कोचिङ पढाउनु पर्यो ।।
बिसाउँदैनन् अझै किन तिनीहरू लाजको ताज
इमान्दारीका लागि नीति शिक्षा गढाउनु पर्यो ।।
सकिनँ नभन्नू बा ! सन्तान तिम्रै हुन् अझै पनि
पाता फर्काएर अब भुँइमा नै लडाउनु पर्यो ।। -भक्तपुर