संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

82

पुस १९, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई आज गर्ने भनिएको सम्बोधन सरेको छ। प्रधानमन्त्री ओलीले आज ९बिहीबार० दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका थियो। तर, प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आजका गर्ने भनिएको सम्बोधन सरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची थियो। अब प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीले संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रम थियो। पछिल्लो समय सरकारको कार्यशैलीप्रति सत्तारूढ दलकै असन्तुष्टि रहँदै आएको छ। सरकार अक्षम भएको भन्दै प्रतिपक्षी दलले आलोचना गर्दै आएको छ। -थाहाखबर