Monday, September 28, 2026
Home राजनीति सरकार जसरीपनि सत्ता टिकाउने दाउमा छः एमाले नेता ढुंगेल

सरकार जसरीपनि सत्ता टिकाउने दाउमा छः एमाले नेता ढुंगेल

89

भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री कैलाश ढुंगेलले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार जसरी पनि सत्ता टिकाउने खेलमा भएको बताएका छन् । एमालेका तत्किालन महासचिव स्व।मदन भण्डारीको ७२ औं जन्मदिनका अवसरमा पार्टी निकट खेलकुद महासंघ भक्तपुर शाखाले विहिवार आयोजना गरेको वाकथुन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुंगेलले भने सत्तापक्ष नै खानेपानी समितिदेखि माथीसम्म गठबन्धन गरेर एमालेलाई हराउने अभियान सक्रिय छ ।

आजपनि मदन भण्डारीले प्रतिपादन गरको जबज नै उचित राजनीतिक सिद्धान्त भएकाले उहाँ वितेर गएपनि यसको महत्व रहिरहेको छ, एमाले नेता ढुंगेलले भने । कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, सचिव मोहनवीर श्रेष्ठ, चाँगुनारायण नगरकमिटिका अध्यक्ष राम तिमल्सिना, मध्यपुरथिमिका सुर्यलाल श्रेष्ठ, भक्तपुरका मदन देउलालगायतको उपस्थिती रहेको थियो । नेपाल खेलकुद महासंघ भक्तपुरका अध्यक्ष अनन्त वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रम नपुखुबाट सुरु भएर सल्लाघारीहुदैं एमाले जिल्ला पार्टी कार्यालय सूर्यविनायक पुगेर टुंगिएको थियो ।

तस्विरमा हेरौं वाकथुन