Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय साउदीको अमेरिकी दूतावासमा मारिएका नेपालीको पहिचान खुल्न समय लाग्ने

साउदीको अमेरिकी दूतावासमा मारिएका नेपालीको पहिचान खुल्न समय लाग्ने

36

साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्य दूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ।जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो।पौडेलका अनुसार बुधबार साँझ पौने ७ बजे एक जना बन्दुकधारी गाडीमा अमेरिकी महावाणिज्यदूतावासमा आएका थिए।उनले चलाएको गोली लागेर एक जना नेपाली सुरक्षा गार्ड घाइते भएका थिए। महावाणिज्यदूतावासमा खटिएका अरू सुरक्षा गार्डले आक्रमणकारीमाथि जवाफी कारबाही गरेका थिए।आक्रमणकारीको मृत्यु भएको छ। घाइते नेपाली सुरक्षा गार्डको पछि मृत्यु भएको हो।उनको शव अहिले अस्पतालमा राखिएको छ।साउदीमा अहिले इदको विदा चलेकाले मृतकबारे औपचारिक जानकारी आउन समय लागेको पौडेलले बताए।‘हामीले यहाँको परराष्ट्र मन्त्रालय र अमेरिकी महावाणिज्य दूतलाई औपचारिक र अनौपचारिक तरिकाले जानकारी मागेका छौं,’ पौडेलले भने,‘विदा भएकाले जवाफ आउन ढिलाइ भएको छ।’अमेरिकी महावाणिज्यदूतावासमा अरू नेपाली पनि सुरक्षा गार्डका रूपमा कार्यरत छन्।