Sunday, October 11, 2026
Home ताजा अपडेट विप्लव समूहका ताम्सालिङ उपप्रमुखद्वारा आत्मसमर्पण

विप्लव समूहका ताम्सालिङ उपप्रमुखद्वारा आत्मसमर्पण

207

चैत्र २४,
सिन्धुली —नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ताले सिन्धुली प्रशासनसमक्ष आइतबार आत्मसमर्पण गरेका छन् । उनले आत्मसर्मपण गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् । रामेछापको खाडादेवी गाउँपालिका(१ राकाथुमका प्रेमबहादुर श्रेष्ठले आत्मसमपर्ण गरेका हुन् । उनी विप्लव समूहको भातृ संगठन ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख हुन् । हाल सिन्धुलीको सुनकोसी गाउँपालिका(५ मा उनले ईँटा उद्योग सञ्चालनमा ल्याएका छन् ।

चन्दसमूहले अख्तियार गरेको हिंसात्मक गतिविधि गर्दै चन्दा असुली, आगजनी, तोडफोड गर्ने रणनीति मन नपरेकाले वितृष्णा पैदा भइ समूह परित्याग गरि सामान्य जीवन यापन गर्ने उपप्रमुख श्रेष्ठले बताए ।

संविधानको पालना गर्दै कानून मानेर जो सुकैले स्वतन्त्र जीवन यापन गर्न पाउने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।कान्तिपुर