मदरल्याण्डका विद्यार्थीलाई अभिमुखीकरणसंगै बधाईपनि

93

भक्तपुर । भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले आफ्ना विद्यार्थीहरुलाई आयोजनामा अभिमुखीकरणसंगै बधाई र बिदाई कार्यक्रम गरेको छ । कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुकालागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम (२०७९ र २०७८) मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुहरुको सहभागीता रहेको थियो ।

विद्यालयका संचालक, प्रिन्सिपल एवंम नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले विद्यार्थीहरुलाई समयानुकूल यस्ता प्रकारका अभिमुखीकरण कार्यक्रमले थप उर्जा मिल्ने र संस्कार सहित शिक्षा ग्रहणका लागि सहज हुने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता वडा ७ का अध्यक्ष रविन्द्र सापकोटा र प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठलगायतको उपपिस्थी रहेको थियो ।