यसरी भयो सोविता गौतमको सपना चकनाचुर

73

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको उपसभामुख बन्ने सपना चकनाचुर भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने पक्का भएसंगै सोविता निराश भएकी छिन् । गौतमले उपसभामुख बन्न लागेको बताउँदै आएकी थिइन् । बधाईसमेत उनले स्वीकार गर्न थालिसकेकी थिइन् । तर, शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले सोवितालाई उपसभामुख नबनाएको हो ।