९७ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

190

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।

सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वाटर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा, सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वाटर रौतहटमा कार्यरत धुब्रबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत रमेशकुमार पाण्डेलाई सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीमा सरुवा गरिएको छ ।