लोकसेवाको विज्ञापन रोक्ने निर्णयविरुद्धमा विद्यार्थीहरुको प्रदर्शन

260
photo credit onlinekhabar

जेठ २८,
काठमाडौँ । लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन भएको छ । केही विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने बताएका छन् । स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको लगायतका कारण देखाउँदै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ ।