Sunday, October 18, 2026
Home शिक्षा स्नातकोत्तर तह चौथो सेमेष्टरको आजको परीक्षा नरोकिने

स्नातकोत्तर तह चौथो सेमेष्टरको आजको परीक्षा नरोकिने

70

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ। पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।

त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकी सङ्कायले सञ्चालन गरेको आजको परीक्षा नरोकिने जानकारी दिइन्। उनका अनुसार मानविकी सङ्कायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुनेछ।