बाग्मतीमा उपसभामुखका लागि तीन जनाको उम्मेदवारी

73

हेटौँडा । बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

आज ३ बजे हुन गइरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन । 

जस अनुसार एमालेबाट अप्सरा चापागाईँ, कांग्रेसबाट सुना परियार तथा नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी परेको छ ।  तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेबाट सुरु हुने प्रदेश संसद् सचिवालयले जनाएको छ ।