भक्तपुरमा खुल्यो विद्युतीय कारको सोरुम, तस्विरमा हेरौं

799

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि निकोसेरामा विद्युतीय गाडी (कार)को सो रुम खुलेको छ । शुक्रबार एक कार्यक्रमकाबीच देशु इन्टरनेशनलले चिनियाँ ब्राण्ड अलिटा जे एन–५० मोडलको विद्युतीय कार नेपाली बजारमा ल्याएको हो ।
देशु इन्टरनेशनल मार्केटिङ्ग विभागका अभिजित चालिसेका अनुसार अलिटा जे एन– ५० मोडलको कारको सुरुवाती मुल्य २२ लाख ५० हजार रहेको छ । “यो कार फुल चार्ज हुन ६ घण्टा लाग्दछ, एक पटक फुल चार्ज भएपछि २ सय किलोमिटरसम्मको यात्रा ढुक्कले गर्न सकिन्छ,” चालिसेले भने ।
अन्य विद्युतीय कार जस्तो उकालोमा जादाँ हुने समस्या यो गाडीमा नभएको बिक्रेता कम्पनीले जानकारी दिएको छ । सोरुम अवसरमा खरिद गर्नेहरुलाई केही छुट दिने तयारी देशु इन्टरनेशनलले गरेको छ ।

तस्विरमा हेरौ