Monday, September 28, 2026
Home अर्थ सुपर हेवा पावर कम्पनी आइपिओ जारी गर्दै

सुपर हेवा पावर कम्पनी आइपिओ जारी गर्दै

36

काठमाडौँ । सुपर हेवा पावर कम्पनी लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अङ्कित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आइपिओ जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्। सुपर हेवा पावर कम्पनीको सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।