सेयर बजरमा गिरावट

33

काठमाडौं । लगातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेको छ । बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो ।

मंगलबार भने  सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, नबिल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनशील लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।