आधिकारिक ट्रेड युनियन खारेज नहुने प्रधानमन्त्रीको दाबी

171
फाइल तस्बिर

साउन ८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भइरहेको दावी समेत गरेका छन् ।

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उनले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

सो अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेकाले उनीहरुको समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।