Sunday, September 27, 2026
Home अन्य कला ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

99

काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई कैयौँपटक ज्यानको धम्की आइसकेको छ। हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए।

प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो। सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए। यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो।

सलमानले मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरिसकेका छन्। सलमानले हालैमात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन्। उनले सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन्। उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँडने गरेका छन्।