निफ्राले चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

28

काठमाडौ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

साधारणसभाले गत आव २०७८/७९ कोे वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । निफ्रा स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत सङ्कलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापित बैंक हो । सञ्चालनको चौथो वर्षमा रहेको यो बैंकले गत असार समान्तसम्ममा ३२ अर्ब ८९ को कर्जा स्वीकृत गरेको छ भने १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरिसकेको छ । सोही अवधिमा बैंकले एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गरेको छ । निफ्राले मुलुकमा निर्माण हुने दीर्घकालीन पूर्वाधारमा सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्धन गर्ने विषयलाई मुख्य आधार मानी चार वर्षे रणनीतिक योजना अनुरुप व्यावसायिक गतिविधि गरिरहेको जनाएको छ ।