चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगलागी

57

चितवन । चितवन जिल्ला भरतपुर ११ भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ ।कार्यालयको ढोका चाबी यथावत रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।