कांग्रेस उम्मेदवारको वडामा एमाले उम्मेदवार महेश बस्नेतलाई भव्य स्वागत, तस्विरमा हेरौं

80

भक्तपुर । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार दुर्लभ थापाको वडामा नेकपा एमालेको उम्मेदवार महेश बस्नेत र किरण थापालाई स्थानीयवासीले घर घरमा भव्य स्वागत गरेका छन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा आज क्षेत्र नं. २ ‘क’ प्रदेशसभा अन्तरगत सूर्यविनायक नगरपालिका वडा नं. ५ मा घरदैलो सम्पन्न गरेको छ । यो वडा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा दुर्लभ थापाको गृह वडा समेत हो । उक्त वडामा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री तथा एमालेका प्रतिनिधिसभाका उम्मेदवार बस्नेत र प्रदेशसभाका उम्मेदवारको पक्षमा स्थानीयवासीद्वारा घरघरमा स्वागत गर्दै विजयको शुभकामना दिएका छन् । भक्तपुरको विकासलाई अझ बढी परिस्कृत ढंगले राष्ट्रिय व्यक्तित्व बस्नेत रहेको उल्लेख गर्दै स्थानीयवासीले पार्टी भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर एमालेलाई मतदान गर्नेमा विश्वास दिलाएका छन् । विजय शुनिश्चित भइसकेता पनि औपचारिकताको लागि मंसिर ४ गते लाई पर्खनुपरेको उल्लेख गर्दै स्थानीयवासीले ‘एमाले आउँ, देश बचाउ’ भन्दै बस्नेत र थापाको पक्षमा नारा लगाएका थिए ।

उक्त क्षेत्रमा एमालेले आज हजारौंको संख्यामा जनताको सहभागितामा घरदैलो आयोजना गरेको छ । घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयवासीको जनसागर नै उर्लिएको छ । जनताको साथ र सहयोगमा एमाले क्षेत्र नं। २ उत्साही भएको छ भने गठबन्धनका दलहरुमा निराशा छाएको छ । एमालेको दैनिक रुपमा भएको घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीको उपस्थिती रहेको देखिन्छ भने गठबन्धन दलको घरदैलोमा स्थानीयवासीको सहभागिता अत्यन्त न्युन रहेको छ ।

क्षेत्र नं. २ प्रतिनिधिसभाको तर्फबाट एमालेको पोलिटव्युुरो सदस्य, पूर्वमन्त्री बस्नेत, सूर्यविनायक क्षेत्रबाट थापा तथा मध्यपुर क्षेत्रबाट चन्दनकृष्ण श्रेष्ठलाई एमालेले उम्मेदवार उठाएको छ । त्यस्तै गोविन्द प्रसाद दुलाललाई प्रतिनिधिसभाको समानुपातिक तथा सकुन्तला श्रेष्ठलाई प्रदेशसभा समानुपातिक उम्मेदवार उठाएको छ । कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका गठबन्धनका उम्मेदवार दुर्लभको वडामा एमालेले हजारौंको संख्याका घरदैलो गरी शक्ति प्रदर्शन गरेको छ ।

कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । उक्त क्रममा उम्मेदवारहरुले जन चाहना अनुसारका विकासका कार्यहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजालगायतको उपस्थिती रहेको थियो ।
क्षेत्र नं। २ मा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका पर्दछन् । एमालेले पहिलो चरणमा सूर्यविनायक नगरपालिकाका १० वटा र मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै निर्वाचन परिचालन कमिटीले सूर्यविनायकको वडा नं. ५ कटुञ्जे चक्रपाणी चोक र वडा नं. २ बालकोट र मध्यपुर थिमी अन्तरगत वडा नं. ३ कौशलटार र वडा नं. ८ मा प्रदेश स्तरीय चुनावी सभा सम्पन्न गरेको छ । त्यस्तै एमालेले विहिवार ३ बजे दिउँसो मध्यपुर थिमी नगरपालिका वडा नं. ६ चपाचोमा क्षेत्रीय स्तरको बृहत चुनावी सभा आयोजना गर्ने भएको छ ।