चाँगुनारायणमा एमालेको विशाल जनसभा, तस्विरमा हेरौं

126

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेको मंसिर ४ गते हुने निर्वाचन लक्षित विशाल जनसभा सम्पन्न भएको छ । सो नगरपालिकाको वडा ३ झौखेलको न्यौपाने गाउँमा बुधबार जनसभा सम्पन्न भएको हो । सो सभालाई एमालेका पोलिटब्यूरो सदस्य एवंम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, एमाले भक्तपुर इन्र्चाज सोमप्रसाद मिश्र, निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नवराज गेलाल, सो क्षेत्रको (क) प्रदेशका एमाले उम्मेदवार मोहनवीर श्रेष्ठ, निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर श्रेष्ठलगायतले सम्बोधन गर्दै भक्तपुरमा एमाले यो पटक निर्वाचनमा सबै सिटमा जित हासिल गर्ने दाबी गरेका छन् ।

तस्विरमा हेरौं एमालेको जनसभा