यस्तो छ अमेरिकी प्रथम महिलाको अनौठो प्रतिमा

215

एजेन्सी, असार २२,
रोज्नो । अमेरिकी प्रथम महिला मेलानिय ट्रम्पको गृहनगर दक्षिण पुर्वी स्लोभेनियाको सेवनिकामा पुर्ण मानवकदको उनको अपरिस्कृत काष्ठ मुर्ति अनावनरण गरिएको छ । बर्लिन स्थित अमेरिकी कलाकार ब्रा डाउनीद्वारा समन्वय गरिएको र स्थानिय लोक कलाकार एल्स जुपेद्वारा विद्युतिय करौंतीले कुदिँएको उक्त मुर्ति मेलानियाको उदगम स्थल खोज्ने क्रममा राजधानी ल्युब्ल्यानामा राखिएका छ । उक्त काष्ठ मुर्तिमा मेलानियाको दुरुस्त आकृति दिन खोजिएको छैन । जीवित लिन्डेनका रुखको एक हिस्सा काटेर त्यसैमा उक्त अपरिस्कृत आकृति दिइएको हो । त्यसलाई सविनाबाट ८ किलोमिटरको दुरीमा रोजनो गाउँ स्थित सावा नदीको किनारामा खेतसँगैको एक फराकिलो ठाउँमा स्थापित गरिएको छ ।

यस मुर्तिको कलाकौशलमा कुनै परिस्कृतता नखोजिएकोले ल्युब्ल्यानाका ग्यालरीले यसलार्य गम्भिरता पुर्वक लिने कुनै निश्चित छैन । सम्भवत हामी कसैलाई थप्पड दिएर गर्ने ठट्टा जस्तो प्रतिविम्बित हुने गरि कुनै बस्तु बनाउने प्रयास गरिरहेका छौ, एक पर्चामा लेखिएको छ । प्रतिमामा अपरिस्कृत अुनहार र चिन्नै नसकिने आकृतिमा हल्का निलो रंगको कोटमा लपेटिएको देखाइएको छ, जुन मेलानियाले डोनाल्ड ट्रम्पको अमेरिकी राष्टपतिका रुपमा सपथग्रहण हुँदा लगाएकी थिइन् ।

डाउनीले उक्त प्रतिमाबाट आफनो देशको राजनितिक अवस्थालाई उजागर गर्न चाहेको र मेलानियालाई आप्रवासी घटाउने सपथ लिने राष्ट्रपतिसँग विवाहित आप्रवासीका रुपमा देखाउन खोजेको बताए । म्याक्सी नामले चिनिएका मुर्तिकार मेलानिया ट्रम्प जन्मेकै अस्पतालमा एउटै महिनामा जन्मेका हुन् ।
यसलाई सामना गर्दै जाउँ– एक लघु फिल्म प्रदर्शनीको हिस्साका रुपमा देखिएका म्याक्सीले भने , उनी आधा अमेरिकाका मालिक हुन्, जबकी म केही पनि होइन ।