Sunday, September 27, 2026
Home अर्थ बैंक तथा वित्तीय संस्थाबाट पीडित, उद्योगी व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाबाट पीडित, उद्योगी व्यवसायी सडकमा

41

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले ब्याजदर वृद्धिकोविरुद्धमा शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ। संघले कात्तिक १८ गते बिहान ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा माइतीघरमा १ घन्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।

मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन्। उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र पंक्तिमा छन्। बैंकले ब्याजदर प्रिमियम,चालु पूँजी निर्देशिका लगायतका नीतिको उनीहरुले विरोध गरेका हुन्।

बैंकहरुको उच्च ब्याजदर वृद्धिले व्यवसाय धान्नै नसकेको भन्दै विरोध प्रदर्शन गरेको संघले जनाएको छ। राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै यसअघि रुपन्देही, नवलपरासी र विराटनगरमा पनि उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका थिए।