निर्वाचनकाे समयमा एक हप्ता विदा

73

काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले एक हप्ता विदा दिने भएकाे छ ।

त्रिविले जाडोको विदामा समायोजन गर्ने गरी चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको जनाएकाे छ ।

चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको शिक्षाध्यक्ष शिवलाल भुसालले जनाएका छन् ।

त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ । यसै बिदालाई समायाेजना गरी चुनावमा बिदा दिन लागेकाे शिक्षाध्यक्ष भुसालले बताए ।