Saturday, October 10, 2026
Home राजनीति एमाले अध्यक्ष ओलीले गरे मतदान

एमाले अध्यक्ष ओलीले गरे मतदान

28

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। ओलीले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन्। सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ। उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन्। उपराष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामशहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन्।