Sunday, September 27, 2026
Home अर्थ आजको फलफूल तथा तरकारी मूल्य

आजको फलफूल तथा तरकारी मूल्य

94

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ। यसैगरी अमला र ठूलो भारतीय गोलभेँडा प्रतिकेजी ८५ रुपैयाँ, अम्बा प्रतिकेजी र केरा प्रतिदर्जन ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी र लोकल काँक्रो ३५ रुपैयाँ, हाइब्रीड काँक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १७६ रुपैयाँ ६७ पैसा, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी र गाजर ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी, र परवर ५५ रुपैयाँ रहेको छ।

त्यस्तै, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८५ रुपैयाँ, टनेल गोलभेँडा ५१ रुपैयाँ, लोकल सानो गोलेभेँडा ४५ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, घिरौँला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ६७ पैसा, चिचिन्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार १६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २९० रुपैयाँ निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ७५ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ।

यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, भिण्डी ८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१३ रुपैयाँ ३३ पैसा, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९० रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ ७५ रुपैयाँ रहेको छ।