Monday, September 28, 2026
Home खेलकुद आज नेपाल र भारत उपाधिका लागि भिड्दै

आज नेपाल र भारत उपाधिका लागि भिड्दै

38

काठमाडौँ । श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति सवा ८ बजे हुनेछ।
सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।
भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ। नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए। यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। नेपाल अपराजित रहँदै फाइनल पुगेको हो।