‘हामी विद्यालयमा’ अभियान सुरु

373

भक्तपुर । भक्तपुर जिल्ला खेलकुद विकास समितिले हामी विद्यालयमा अभियान सुरु गरेको छ । विहिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको अरनिको माध्यमिक विद्यालयबाट सो अभियानको सुरुवात गरिएको खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । हामी बिद्यालयमा अभियानले विद्यार्थीहरुलाइ खेलकुद प्रति अभिप्रेरित हुने र खेलक्षेत्रको विकाशमा टेवा पुग्ने अध्यक्ष थापाको भनाई छ । सो अभियान अन्य विद्यालयमा समेत क्रमशः सुरु गरिने छ, थापाले भने । यो अभियानकै क्रम सो विद्यालयलाई खेलकुद सामाग्री समेत प्रदान गरिएको थापाले जानकारी दिए ।