स्कटल्याण्डविरुद्ध नेपालको खेल, ३ खेलाडी परिवर्तन

84

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा भइरहेको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले वसिर अहमद र आदिल आलमको ठाउँमा करण केसी र किशोर महतोलाई खेलाएको छ ।

त्यस्तै पवन सर्राफको स्थानमा विनोद भण्डारीले खेल्दैछन् । स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डलाई अघिल्लो खेलमा पराजित गरेको थियो ।