विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै, पाकिस्तानको भारतलाई पहिलो हार चखाउने उदेश्य

118

एजेन्सी, असार १,
काठमाडौँ । विश्वकप क्रिकेटमा आज आइतबार चिपरिचित प्रतिद्वन्दीहरू पाकिस्तान र भारतको यो सातौं भेट हो। आज दुबै टोलीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएको भारत पाकिस्तानलाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने पाकिस्तान भारतलाई यस विश्वकपको पहिलो हार चखाउने उदेश्यका साथ मैदानमा उत्रनेछ।

दुबै देशको राजनैतिक तुषका असर उनीहरूको खेलमा देखिदैं आएको छ। विश्वकप र एसिया स्तरको खेलमा बाहेक दुबै टोलीले केहि वर्षयता एकअर्कासँग खेलेका छैनन्। राजनैतिक तुषका कारण पनि दुबै देशले क्रिकेट प्रतियोगितालाई एउटा युद्धभन्दा कम मान्दैनन्। जारी विश्वकपमा ३ खेल खेलेको भारतले दुईमा जित हासिल गरेको छ भने वर्षाका कारण खेल प्रभावित भएका कारण एक खेलमा अंक बाँडेको छ। यस्तै आयोजक इङ्ल्याण्डलाई हराएर आफू पनि कम नभएको जनाइसकेको पाकिस्तानले ४ खेल खेलिसक्दा २ मा हार तथा एकमा अंक बाँडेको छ। वर्तमान अंक तालिकाका अनुसार भारत ५ अंकसहित चौथो स्थानमा रहेको छ भने ३ अंकसहित पाकिस्तान पुछारबाट एक स्थान माथि ९ औं स्थानमा रहेको छ।

त्यसैगरी विश्वकप प्रदर्शन हेर्ने हो भने भारत तथा पाकिस्तानबीचको खेलमा नतिजा आजसम्म भारतको पक्षमा रहँदै आएको छ। विश्वकप कुल ६ पटक भिडेकोमा ६ नै पटक पाकिस्तान पराजित भएको छ। भारतले यसलाई आज पनि निरन्तरता दिने ठानिएको छ। पाकिस्तानका मोहम्मद आमिर राम्रो लयमा रहेकाले पनि भारतीय ब्याटस्म्यानका लागि सहज अवस्था हुनेछैन्।दुई वर्ष अगाडि च्याम्पियन्स ट्रफीमा आमिरले उत्कृष्ट बलिङ गरेका थिए। सो ट्रफी पाकिस्तानले जितेको थियो। त्यसैगरी भारतीय बलर र ब्याटस्म्यानहरूको फमले पनि पाकिस्तानलाई गतिलै दबाब दिनेछ। आजको खेलमा न पिच हरियो हुनेछ न त सुख्खा । त्यसैले टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना अघिक छ किनकी यस्तो पिचमा धेरै रन बन्ने सम्भावना रहन्छ।

भारतः विराट कोहली(कप्तान), लोकेश राहुल, रोहित शर्मा, विजय शंकर, महेन्द्र सिंह धोनी(विकेटकिपर), हार्दिक पांड्या, केदार जाधव, कुलदीप यादव, युजवेन्द्र चहल, भुवनेश्वर कुमार, जसप्रीतयय बुमराह, मोहम्मद शमी, दिनेश कार्तिक, रविन्द्र जडेजा, शिखर धवन।

पाकिस्तानः सरफराज अहमद (कप्तान), फखर जमां, इमाम उल हक, बाबर आजम, हैरिस सोहेल, हसन अली, शाहदाब खान, मोहम्मद हफीज, मोहम्मद हसनैन, शाहिन शाह अफरीदी, वहाब रियाज, मोहम्मद आमिर, शोएब मलिक, इमाम वसीम तथा आसिफ अली।