वृक्षारोपण कार्यक्रम सम्पन्न

175

काठमाडौं । विश्वभरी बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको कागेश्वरी–मनोहरास्थित सहिद पार्कमा वृक्षारोपण गरिको छ । ‘वी लभ यू’ फाउन्डेसन को आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ४०० जना भन्दा बढीकोसहभागिता रहेको थियो । कार्यक्रमका सांसद कृष्ण राईले वृक्षारोपण गरे संगै फाउण्डेसनका सबै सदस्यहरुले वृक्षारोपण गरेका थिए । बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य राम शरण ढुङ्गाना, एमाले प्रदेश कमिटी सदस्य विश्वराज श्रेष्ठ, कागेश्वरी–मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, वी लभ यू फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरे, सचिव नारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।