मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

29

काठमाडौं । सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंका सानोभर्‍याङ र शंखरापुरमा भएका घटना दुई जना पुरुषको मृत्यु भएको हो । सानोभर्‍याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएका छ । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् । यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।