एसइई र शिक्षक सेवाको परीक्षा एकै पटक

26

चितवन । माध्यमिक विद्यालय (मावि) का ९ र १० लाई पढाउने शिक्षकहरू चैत्र १८ गते हुने मावि तहको स्थायी शिक्षकको परीक्षाको तयारीमा जुटेका छन् ।

शिक्षकहरूलाई आफ्नो परीक्षाको मात्रै तयारी गर्नु छैन । कक्षा १० का विद्यार्थीको जीवनकै महत्त्वपूर्ण परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि चैत १७ गतेबाट सुरु हुँदै छ ।

विद्यार्थीका लागि एसइई जति महत्त्वपूर्ण हो, शिक्षकका लागि शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।